सोलुखुम्बु, ३ फागुन । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ ।
प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका-६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको हो ।
शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको उनले बताए । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सोलुदूधकुण्ड नगरपालिका-८ केरुङखोला किनारमा महिलाको कपडा र केही नगदसमेत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खबरलगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो । कपडा कसको हो भन्नेबारे प्रहरीको अनुसन्धान जारी रहँदा ती महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो ।






