Logo

महिलालाई जबरजस्ती करणी गरेर पैसा र गहना लुट्ने एक जना पक्राउ



काठमाडौँ, ७ असार । काठमाडौँमा महिलालाई जबरजस्ती करणी गरेर पैसा र गहना लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको जेठ २९ गते राति काभ्रेको तेमाल घर भएका विश्व तामाङले एक महिलालाई भोटेबहालको एक होटलमा लगेर पेय पदार्थमा नशालु पदार्थ राखेर खुवाइ जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।

उनले महिलालाई करणी गरेपछि महिलासँँग रहेको एक लाख रुपैयाँ नगद, दुई तोला सुन र एउटा मोबाइलसमेत लिएर भागेका थिए ।

महिलाकै नामबाट होटल बुक गरेको, सम्पर्क ठेगाना र नम्बर पनि महिलाकै दिएको र पीडकको नाम थर र ठेगानासमेत थाहा नभएकाले प्रहरीलाई आरोपी खोज्न समस्या भएको थियो । तर शून्यकै अवस्थामा रहेको अनुसन्धानलाई विभिन्न विधि र प्रविधि प्रयोग गरेर आरोपी पक्रन सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्