Logo

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



उदयपुर, ७ पुस । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

चौदण्डीगढी नगरपालिका-१ बस्ने ६१ वर्षीय रामबहादुर राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई मंसिर २९ गते जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्