झापा, १३ फागुन । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना पक्राउ परेका छन् ।
गौरादह नगरपालिका-५ बस्ने ३६ वर्षीय चन्द्रबहादुर चेम्जोङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चेम्जोङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी महारानीझोडा र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






