Logo

महिला अधिकार र विद्यमान कानुन सम्बन्धी कार्यशाला सुरु



झापा, १३ असार । हल्दिवारी गाउँपालिकामा दुई दिने महिला अधिकार र विद्यमान कानुन सम्बन्धी कार्यशाला सुरु भएको छ ।

टाइम्स मिडिया नेटवर्क बिर्तामोडको आयोजना र हल्दिवारी गाउँपालिकाको सहयोगमा महिलाहरुलाई कानुनी अधिकारका बारेमा जानकारी दिन कार्यशाला आयोजना गरिएको हो ।

हल्दिवारी गाउँपालिकाको ५ वटै वडाबाट महिला जनप्रतिनिधि, अगुवा महिलाहरु र विद्यार्थीको सहभागितामा कार्यशाला सुरु भएको छ । पहिलो दिन आज वडा नं.१ र २ को सहभागिता रहेको थियो भने बाँकी वडाहरुबाट मंगलवार सहभागिता हुनेछ ।

उक्त कार्यशालाको पहिलो दिन अधिवक्ता हेमकला कट्टेलले सहजीकरण गरेकी थिइन् । मंगलवारको सहजीकरण मोरङकी अधिवक्ता विष्णुकुमारी तामाङले गर्ने कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए ।

टाइम्स मिडियाका अध्यक्ष नारायणप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यशालामा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत प्रविण दाहाल, कार्यपालिका सदस्य शान्ता शिवाकोटीले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा आशिका मावो र अनुष्का शिवाले कार्यक्रममा प्रतिवेदन पेश गरेका थिए । सहजकर्ता अधिवक्ता कट्टेलले सहभागीहरुलाई समूहमा विभागन गरेर महिलाका सवालमा छलफल चलाएकी थिइन् । छलफलमा महिला अधिकारको आवश्यकता बारे चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्