Logo

महिला उत्पीडनविरुद्ध सङ्घर्षरत इरानी अभियानकर्मीलाई नाेबेल शान्ति पुरस्कार



नर्वे, १९ असोज । यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाउने भएकी छन् ।

महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानव अधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको नोबेल शान्ति पुरस्कार समितिले जनाएको छ ।

मोहम्मदी अहिले इरानको जेलमा रहेकी छन् । इरानको सरकारले उनलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ । पाँच पटकसम्म उनी दोषी ठहर भइसकेकी छन् । मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ । यस्तै एक सय ५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ ।

नोबेल शान्ति पुरस्कार आउँदो डिसेम्बर १० मा वितरण गरिने छ । भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्विडेनमा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्