Logo

महिला च्याम्पियनसिप: म्यानमारसँगको फाइनलका लागि नेपाली टोलीमा दुई परिवर्तन



काठमाण्डौ, १४ फागुन । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल केहिबेर पछी हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार खेल्न लागेका हुन् ।

म्यानमारसँगको फाइनल खेलका लागि नेपालले पछिल्लो खेलबाट दुई परिवर्तन गरेको छ । कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएका छन् ।

पछिल्लो खेलमा सुरुवाती रोजाइमा रहेका गोलकिपर अन्जना रानामगर र रश्मी कुमारी घिसिङ आज बेन्चमा छन् ।

त्यस्तै म्यानमारको टोलीमा पनि उल्लेख्य परिवर्तन गरिएको छ । अघिल्लो खेलबाट म्यानमारले ८ वटा परिवर्तन गरेको छ । ३ खेलाडी मात्र अघिल्लो खेलका छन् ।

दुई टोलीबीचको समूह चरणको खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्