Logo

महिला टी–२० विश्वकप क्रिकेटमा खेलमा भारत र दक्षिण अफ्रिका विजयी



काठमाडौं, २४ असोज । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा हिजो भएका खेलमा भारत र दक्षिण अफ्रिका विजयी भएका छन् । समूह ‘ए’ को खेलमा भारतले श्रीलङ्कालाई ८२ रनले हराएको छ ।

भारतले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १९ ओभर पाँच बलमा ९० रनमै अलआउट भयो । त्यसअघि दुबईमा टस जितेर पहिला व्याटिङ गरेको भारतले तीन विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो ।

यस्तै हिजै भएको समूह ‘ए’ को अर्को खेलमा दक्षिण अफ्रिकाले स्कटल्याण्डलाई ८० रनले हराएको छ । दक्षिण अफ्रिकले दिएको एक सय ६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १७ ओभर पाँच बलमा ८६ रनमा अलआउट भयो ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले पाँच विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । महिला टी–२० विश्वकप क्रिकेटमा आज बङ्गलादेश र वेस्ट इन्डिजबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्