Logo

महिला टी-२० विश्वकप क्रिकेट: सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै



दक्षिण अफ्रिका, ११ फागुन । महिला टी-२० विश्व कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् ।

दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला टी-२० विश्व कपमा भारतले साविक विजेता अस्ट्रेलियासँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे केपटाउनमा सुरु हुनेछ । दोस्रो सेमिफाइनलको खेलमा भोलि इङ्ल्यान्ड र आयोजक दक्षिण अफ्रिका खेल्नेछन् ।

दुवै सेमिफाइनलका विजेताले आइतवार उपाधिका लागि खेल्नेछन् । अघिल्लो संस्करणमा भारतलाई ८५ रनले हराएर अस्ट्रेलियाले उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्