Logo

महिला टी–२० विश्वकप: भारतलाई हराउँदै अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा



काठमाडौं, २८ असोज । अस्ट्रेलिया आईसीसी महिला टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । भारतलाई ९ रनले पराजित गर्दै अस्ट्रेलियाले लगातार नवौं पटक सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

अस्ट्रेलियाका लागि ग्रेस ह्यारिसले ४० रनको योगदान दिएर टिमलाई मजबुत स्थितिमा पु¥याइन् भने सोफी मोलिनेक्स र एनाबेल सुथरल्याण्डले दुई–दुई विकेट लिएर भारतको लक्ष्य पूरा गर्न रोक लगाए । भारतका कप्तान हरमनप्रीत कौरको अविजित ५४ रनको योगदान पनि भारतलाई जित दिलाउन पर्याप्त भएन । अब भारतलाई सेमिफाइनल पुग्न पाकिस्तानले सोमबार न्युजिल्यान्डलाई हराउनुपर्ने छ ।

अस्ट्रेलियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर, कप्तान एलिसा हिली चोटका कारण खेल्न नसकेपछि बेथ मुनि र ग्रेस ह्यारिसले पारीको सुरुवात गरे । तेस्रो ओभरमा नै थाकुरले लगातार दुई बलमा मुनि र जर्जिया वेयरहेमलाई आउट गरेपछि खेल रोमाञ्चक बनेको थियो । मुनिलाई राधा यादवले कभर प्वाइन्टमा क्याच आउट गरे भने वेयरहेम गोल्डेन डकमा आउट भएकी थिइन् ।

ग्रेस ह्यारिस र कार्यवाहक कप्तान तालिया म्याकग्रा अस्ट्रेलियालाई संकटबाट बाहिर निकाल्दै पावरप्ले सकिँदा ३७ रन बनाइसकेका थिए । उनीहरूले इनिङ्सको गति बढाउँदै १० ओभरमा टिमको स्कोर ६५ रन पुर्याए । तर, यदावले दुई बलपछि नै म्याकग्रा रिचा घोषको स्टम्पिङबाट आउट गर्दै भारतलाई सफलताको दिलाइन् ।

ह्यारिसले आक्रामक खेल्ने प्रयास गरे पनि उनी ४० रनमा आउट भइन् । अस्ट्रेलियाको स्कोर १०१–५ भएपछि एलीस पेरी र फिबी लिचफिल्डले लगातार तीन बाउन्ड्री हानेर स्कोर १५१ सम्म पुर्याए ।

तहिला म्याग्रेथ र एलिस पेरीले समान ३२–३२ रनको योगदान दिएका थिए ।

भारतका लागि सर्माले अन्तिम ओभरमा तीन विकेट लिँदै अस्ट्रेलियालाई थप रन बनाउन रोक लगाइन् ।

भारतको जवाफी ब्याटिङमा शफाली वर्माले छिटो सुरुवात गरे पनि २० रनमा आउट भइन् । मोलिनेक्सले स्मृति मन्धानालाई एलबीडब्लु आउट गरेपछि भारतको स्कोर ४१–२ मा पुगेको थियो । मेगन स्कटले जेमिमा रोड्रिग्सलाई १६ रनमा आउट गर्दै अस्ट्रेलियालाई बलियो स्थितिमा राखिन् ।

भारतका लागि कप्तान हरमनप्रित कौरले नटआउट ५४ रन बनाउँदा दिप्ती शर्माले २९, सेफाली बर्माले २० र जेमिमाह रोड्रिगेजले १६ रन बनाउँदा अन्य ब्यटरले दोहोरो अंकमा रन बनाएनन् ।

अन्तिम ५ ओभरमा भारतलाई ५३ रन आवश्यक थियो । कौर र वस्ट्राकरले केही बाउन्ड्री प्रहार गरे पनि १४ रन आवश्यक रहेको अन्तिम ओभरमा कौरलाई स्ट्राइक दिन नसक्दा भारत खेल हार्न बाध्य भयो । अष्ट्रेलियाका लागि अनबेल सुथरल्याण्ड र सोफिले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्