Logo

महिला टी-२० विश्वकप : भारतले पाकिस्तानलाई ६ विकेटले हरायो



काठमाडौँ, २१ असोज । महिला टी-२० विश्वकपको सातौँ खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ।

पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। २० ओभरको अन्त्यमा पाकिस्तानी टोलीले ८ विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो।

पाकिस्तानका लागि निदा डारले सर्वाधिक २८ रनको इनिङ खेलिन्। भारतका लागि अरुन्धती रेड्डीले सर्वाधिक ३ विकेट लिइन्।

१०६ रन बनाउन निस्केको भारतीय टोलीको सुरुवात पनि राम्रो भएन। १८ रनको कूल स्कोरमा भारतीय टोलीको पहिलो विकेट खसेको थियो।

ओपनर स्मृति मन्धानाले मात्र ८ रन बनाउन सकिन् र सादिया इकबालको सिकार भइन् । भारतका लागि शेफाली बर्माले सर्वाधिक ३२ रन बनाइन्।

टोली जितबाट दुई रन टाढा हुँदा कप्तान हरमनप्रित कौर २९ रन बनाएर रिटायर्ड हर्ट भइन्।

प्रतिक्रिया दिनुहोस्