Logo

महिला टी–२० सिरिजः नेपालको पहिलो जित



काठमाडौँ, २५ फागुन । चार देशीय महिला टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपालले घरेलु टोलीमाथि एक विकेटको जित निकालेको हो ।

युगान्डाले दिएको ७७ रनको लक्ष्य नेपालले एक बल अगावै पूरा गर्‍यो । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७६ रनको योगफल बनाएकाे थियो ।

युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । उनले ४० बलमा तीन चौका प्रहार गर्दै २२ रन बनाइन् ।

त्यसैगरी स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडिन् । नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने कप्तान इन्दु बर्माले २ विकेट लिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्