काठमाडौँ, १३ वैशाख । काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएकी सिर्जना सिंहलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले जितको अग्रिम शुभकामना दिएकी छन् ।
यही वैशाख ३० गते हुने पालिका चुनावमा काठमाडौँ महानगरमा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी सिंहलाई राणाले जितको अग्रिम शुभकामना दिएकी हुन् ।
मङ्गलवार काठमाडौँमा आयोजित महिला भेटघाट कार्यक्रममा उपस्थित भएर राणाले सिंहलाई महानगरमा मेयर पदका लागि अग्रिम बधाई दिएकी हुन् । राणाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने बताइन् ।