ब्रिस्वेन, २ भाद्र । स्विडेनले फिफा महिला विश्वकप फुटबलको तेस्रो स्थान पक्का गरेको छ ।
आज ब्रिस्वेनमा भएको खेलमा घरेलु तथा आयोजक अष्ट्रेलियालाई २-० गोलले हराउँदै स्विडेन तेस्रो बन्न सफल भएको हो ।
स्विडेनका फ्रिडोलिना रोल्फो र कोसाभारे अस्लानीले गोल गरे । सेमिफाइनलमा स्विडेन स्पेनसँग र अष्ट्रेलिया इंग्ल्याण्डसँग पराजित भएका थिए ।
महिला विश्वकप फुटबलको फाइनलमा भोलि इंग्ल्याण्ड र स्पेन खेल्ने छन् । दुवै टोली पहिलोपटक फाइनलमा पुगेका हुन् ।