अस्ट्रेलिया, ३१ साउन । आयोजक अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ ।
बुधवार स्टेडियम अस्ट्रेलियामा भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोलीलाई ३-१ गोलले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको हो ।
इङ्ग्ल्यान्डका लागि इला टोनी, लरेन हेम्प र एलिसिया रुसोले गोल गरिन् । अस्ट्रेलियाका लागि साम केरले १ गोल फर्काइन् ।
अब इङ्ग्ल्यान्डले उपाधिका लागि स्पेनसँग अगस्ट २० मा खेल्नेछ । अस्ट्रेलियाले भने तेस्रो स्थानका लागि बिहीवार स्विडेनसँग खेल्नेछ ।