न्युजिल्यान्ड, ८ साउन । फिफा महिला विश्व कप फुटबल २०२३ मा इटलीले अर्जेन्टिनालाई हराएको छ ।
सोमवार न्युजिल्यान्डको इडेन पार्कमा भएको खेलमा इटलीले अर्जेन्टिनालाई १-० गोलले हराएको हो ।
इटलीका लागि खेलको ८७ औँ मिनेटमा क्रिस्टिना गिरेलीले गोल गरिन् । यो जितसँगै समूह ‘जी’ मा रहेको इटलीले ३ अङ्क जोडेको छ ।