न्युजिल्यान्ड, २६ साउन । फिफा महिला विश्व कप फुटबलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ ।
आज बिहान न्युजिल्यान्डको वेलिङ्गटनमा भएको खेलमा नेदरल्यान्ड्सलाई २-१ गोलले हराउँदै स्पेन पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।
निर्धारित समयमा एकरएक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । स्पेनका लागि साल्मा पारेलुले निर्णायक गोल गरेकी हुन् ।
आज हुने अर्को क्वाटरफाइनलमा जापान र स्वीडेनबीच दिउँसो सवा एक बजे खेल हुनेछ ।