Logo

महिला सशक्तीकरणमा एमाले अग्रणी छ: अध्यक्ष ओली



काठमाडौँ, २६, फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला सशक्तीकरण र जागरणका लागि आफ्नो पार्टी अग्रणी भूमिकामा रहेको बताएका छन् ।

एक सय १४औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मोतिदेवी स्मृति केन्द्रद्वारा आज यहाँ आयोजित सम्मान, विमोचन र वृत्तचित्र प्रदर्शनीमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले सामाजिक रुपान्तरण, महिला जागरण र सामाजिक न्याय प्राप्तिका अभियानमा एमाले अग्रस्थानमा रहिनैरहने बताएका हुन् ।

अध्यक्ष ओलीले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने हल्ला सत्य होइन भन्दै अहिले विभिन्न तीन तहमा सम्पूर्ण जनप्रतिनिधिमध्ये ४० प्रतिशत महिला हुनु र राज्यका निकायका ३३ प्रतिशत महिला आरक्षण हुनुजस्ता विषयलाई उपलब्धिपूर्ण मान्नुपर्ने बताए ।

त्यस अवसरमा पूर्वप्रधानमन्त्री ओलीले ‘सङ्घर्षशील योद्धाहरू’को लोकार्पण गर्नुभयो भने सामाजिक रूपान्तरणकर्ता, उत्कृष्ट शोधार्थी र कम्युनिष्ट आन्दोलनमा योगदान गरेकालाई सम्मानित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्