काठमाडौँ, ८ साउन । महिला साफ च्याम्पियनसिप फुटबल काठमाडौँको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले महिला साफ रङ्गशालामा गर्ने निर्णय गरेको हो ।
एन्फाले गठन गरेको साफ आयोजक कमिटिका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रतियोगिता दशरथ रङ्गशालामा आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यसअघि बङ्लादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।
नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो ।