पोखरा, २९ असोज । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तरगत महिला ह्याण्डबलको उपाधि त्रिभुवन आर्मीले जितेको छ ।
शनिबार पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७-१६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । खेल सकिन दुई मिनेट बाँकी छदाँ १५-१६ स्थितिमा पछि परेको आर्मीले दुई मिनेटमा दुई गोल गर्दै स्वर्ण पक्का गरेको हो ।
पहिलो हाफमा ९-८ गोलले मात्रै अग्रता लिएको आर्मी १४-१४ स्कोरमा निकै रोचक प्रतिस्पर्धा भएको थियो । एक गोलले पछि रहँदै आएको सशस्त्रले १६-१४ को स्थितिमा अग्रता समेत लिएको थियो । तर अग्रतालाई जोगाउन नसक्दा अन्तिम समयमा १७-१६ को स्कोरमा गुमाउँदै सशस्त्र प्रहरी रजत पदकमा खुम्चिन पुगेको हो ।