झापा, १९ पुष । महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीका पूर्वविद्यार्थीहरूले गठन गरेको भूतपूर्व विद्यार्थी समाजको नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले मदनगोपाल सुब्बालाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो।
यसअघि उपाध्यक्ष रहेका सुब्बाको नेतृत्वमा आगामी दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। समितिमा उपाध्यक्ष रुपक थापा, सचिव भूविक्रम बस्नेत र कोषाध्यक्ष नरेश न्यौपाने चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा भावना आचार्य, शारदा न्यौपाने, इन्दिरा भट्टराई, शान्ता चुडाल, शोभा आचार्य, कमलराज बिमली, सुशिल बस्नेत, बाबुलाल अग्रवाल, कृष्णलाल राजवंशी, गोपाल दाहाल र किशोर मैनाली रहेका छन्।
संस्थापक अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण शिवाकोटी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा चार जना शिक्षक — प्रधानाध्यापक खड्गप्रसाद खरेल, नेत्रप्रसाद खरेल, भोजराज दाहाल र युवराज कट्टेललाई सम्मान गरिएको थियो।







