Logo

महेश बस्नेत भन्छन्: चितवनका जनताले रविलाई जिताउँदैनन्



काठमाडौँ, २ वैशाख । नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन हार्ने जिकिर गरेका छन् ।

लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर-२ का जनताले निर्वाचनमा हराउने उनको भनाइ थियो ।

शनिबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले लामिछानेले मयूरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको बताए ।

नेता बस्नेतले युवा र लोकप्रिय भएकाले चितवन-२ मा आफ्ना पार्टीका उमेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढी रहेको पनि बताए । त्यहाँ एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने उनको धारणा छ ।

“चितवन-२ का जनताले, यो नक्कली राष्ट्रवाद, यो अवसरवादी चरित्र, यो पब्लिक कम्जवसन्सनका लागि गरिने कुराहरूबाट चितवन-२ मुक्त हुुन्छ । त्यहाँ नेकपा (एमाले) र कांग्रेसबीच प्रतिस्पर्धा हुुन्छ । र, रविजी त्यसलाई पछ्याउनुहुन्छ,” उनले भने, “सम्भव हिजो कृष्णभक्त पोखरेलले राम्रो काम गरेको हुनाले र आज रामप्रसाद न्यौपाने एउटा नयाँ युवाहरूको बीचमा पपुलर व्यक्ति हामीले उठाएका छौँ । त्यसानुसार युवाहरूलाई राजनीतिमा ल्याउनुपर्छ भन्ने मान्यता पनि छ । उहाँको सम्भावना निकै बलियो छ, कमजोर छैन भन्ने मलाई लाग्दछ । चितवनका जनताले रविजीलाई जिताउँदैनन् ।”

प्रतिक्रिया दिनुहोस्