झापा, ११ फागुन । झापासहित देशभरका १५ जिल्लामा बिहीवारबाट हात्तीपाईले रोग विरुद्धको औषधि सेवन सुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रमसहित औषधि सेवन सुर गरेका छन् ।
अभियानलाई सफल बनाउन बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव परिसरमा नै औषधि खुवाउन सुरु गरेको छ । बिहीवार पहिलो दिन नै एक सय १७ जना भन्दा धेरैले औषधि सेवन गरेको अनारमनी स्वास्थ्य शाखाका अहेव ख्यामप्रसाद कडरियाले जानकारी दिए ।
बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिव राजु गौतमले औषधि सेवन गरेर उद्घाटन गरिएको औषधि सेवन कार्यक्रममा महोत्सवमा सहभागीले उत्साहित हुँदै औषधि सेवन गरेको बताइएको छ ।
पहिलो दिन भएपनि औषधि खान जनसाधारण उत्साहित हुँदै औषधि सेवन गरेको अर्का अहेव छवि ढुङ्गानाले बताए । महोत्सवमा सहभागी मध्ये धेरैलाई औषधि सेवन गराउने लक्ष्य रहेको र शुक्रवारबाट साँझ सात बजेसम्म महोत्सव स्थलमा वसेर औषधि सेवन गराउने तयारी गरिएको अहेव ढुङ्गानाले बताए ।