Logo

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन



काठमाडौँ, ६ माघ । माइतीघर क्षेत्रको निषेधाज्ञा तत्काल हटाउन माग गर्दै प्रदर्शन भएको छ । शनिबार बृहत नागरिक आन्दोलनले नेपाल आर्ट काउन्सिल अगाडि उभिएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले निषेधित लोकतन्त्र चाहिँदैन, माइतीघरको निषेधाज्ञा खारेज गर्, लोकतन्त्रलाई खुम्च्याउन पाइँदैनलगायत लेखिएका पम्पलेट बोकेका थिए ।

पछिल्लो समय माइतीघर क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निरन्तर निषेधाज्ञा जारी राखेको छ । निषेधाज्ञाका कारण विभिन्न अभियान्ता तथा राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले यस क्षेत्रमा प्रदर्शन गर्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्