काठमाडौँ, १७ असोज । नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमालेमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रीय सदस्यको समेत जिम्मेवारीमा रहेका लामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट पुगेर प्रवेश गरेका हुन् ।
लामालाई अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका एमाले नेताहरुले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
उनी हुम्लाबाट निर्वाचित सांसद समेत हुनुहुन्थ्यो। २०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर सांसद बनेका लामा चुनावपछि तत्कालीन नेकपा हुँदै माओवादी केन्द्रमा फर्किएका थिए ।







