मेचीनगर, ३० असोज । नेकपा माओवादी केन्द्र मेचीनगरका नगर कमिटी इञ्चार्ज पुष्प गुरागाईसहित जिल्ला र नगर कमिटीका केही नेता-कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन् ।
एमालेमा समाहित हुने माओबादी केन्द्रका मेचीनगर इञ्चार्ज गुरागाई जिल्ला कमिटीका सचिवालय सदस्य समेत हुन् ।
यसैगरी माओबादी मेचीनगर नगर कमिटीका उपाध्यक्ष उत्तम उत्तम सिठुङ, जिल्ला कमिटी सदस्य एकराज घिमिरे, जिल्ला कमिटी सदस्य टेकेन्द्र चापागाई, मेचीनगर कमिटी सचिवालय सदस्य हरि दाहाल, नगर कमिटी सदस्य निखिल पोखरेल, नगर कमिटी सदस्य पदमबहादुर श्रेष्ठ, नगर कमिटीका पूर्व सदस्य पुष्पादेवी मगर, वाइसीएल जिल्ला कमिटी सदस्य रबिन मेचे, वाइसीएल मेचीनगर उपाध्यक्ष तथा पार्टीका नगर कमिटी सदस्य, सहिद तथा वेपत्ता परिवार समितिका जिल्ला सदस्य निर्मला सुबेदी र मनोज गुरागाई आज नेकपा एमालेमा समाहित भएका हुन् ।







