काठमाडौँ, ३१ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रकै कारणले देशभरी मतगणना केन्द्रमा तारजालीले घेरिएको बताएका छन् ।
माओवादीले लोकतन्त्र विपरित जसरी भएपनि नि जित्ने लक्ष्य राखेकै कारणले मतगणना स्थल असुरक्षित भएको बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘माओवादी केन्द्रकै कारणले देशभरीका मतगणना केन्द्र तारजालीले घेरिएका हुन् । जसरी नि जित्ने मान्यता लोकतान्त्रिक होइन । गम्भीर बनौँ ।’
https://www.facebook.com/shankar.pokhrel.946/posts/2129511217204750