काठमाडौं, १६ जेठ । नेकपा (माओवादी केन्द्र) ले हाल रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान जेठ २१ गतेपछि पुनः सुरु गर्ने भएको छ।
आज बसेको पदाधिकारी बैठकले पोखरामा पुगेर रोकिएको अभियानलाई जेठ २१ गतेपछि निरन्तरता दिने निर्णय गरेको हो।
माओवादीले यही जेठ २ गते बैतडीको पाटनबाट अभियान सुरु गरेको थियो।
गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने
बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध नखुल्ने स्पष्ट पारेको छ । गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको हो ।