Logo

माओवादीको विधान सम्मेलन फागुन पहिलो साता



काठमाडौँ, ५ पुस । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आउँदो फागुन पहिलो साता हुने भएको छ ।

बिहीबार बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकबाट फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरिएको हो ।

उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार विधान मस्यौदाका निम्ति सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवहरू गणेश साह र राम कार्की छन् ।

माओवादीले यसअघि तीन महिने रूपान्तरण अभियान सकिएपछि मंसिरमै विधान सम्मेलन गर्ने निर्णय गरेको थियो । तर, रूपान्तरण अभियानको समयावधि चार महिना पुर्‍याइएपछि फागुनमा विधान सम्मेलन गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्