Logo

‘माओवादीमा गएका होइनौँ, चुनावी तालमेल मात्रै हो’



काठमाडौँ, १० भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको सङ्घीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन् ।

शुक्रवार पार्टीको काठमाडौँ जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग तालमेल गर्नुका कारण खुलाएका हुन् ।

उनले आफूहरू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान, अधिकारसहितको सङ्घीयताको पक्षमा रहेको र माओवादी केन्द्र पनि त्यही पक्षमा रहेकाले आउँदो सङ्घीय र प्रदेश सभाको चुनावमा तालमेल गरिएको बताए ।

उनले भने, ‘सुशासन, समृद्धि ल्याउने कुराको एजेन्डा कोसँग मिल्छ भन्ने ढङ्गले हामीले सबैसँग कुराकानी गर्‍यौँ र हामीसँग अलि बढी नजिक एजेन्डा मिल्ने भनेको त माओवादीसँगै हो । त्यही पुरानै छोडेको माओवादीसँग के मिल्छ र भन्ने पनि पर्न सक्छ । तर अरूको सापेक्षतामा सङ्घीयता अपूर्ण छ, यसलाई पूर्णता गर्नुपर्छ भन्ने त माओवादी पार्टी हामी छँदै त्यति बेलै नोट अफ डिसेन्ट लेखेर राखेको हो । त्यसैले पहिचान र अधिकारसहितको सङ्घीयता हुनुपर्छ भन्ने कुरामा त तत्कालीन माओवादीले पनि नोट अफ डिसेन्ट लेखेको र अहिले पनि त्यो मुद्दा हामीसँग मिल्छ । दोस्रो, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको कुरा हामीले गरिराखेका छौँ । त्यति बेलाको माओवादीले पनि नोट अफ डिसेन्ट लेखेकै हो । अहिले पनि त्यो मुद्दा उनीहरूसँग मिल्छ ।’

प्रतिक्रिया दिनुहोस्