काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री, मन्त्री र राजकीय पदाधिकारीको कार्य व्यवस्थापन योजनाको आज कार्यान्यवन शुभारम्भ गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मन्त्री तथा राजकीय पदमा रहेकासँग पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन कार्यविधि शुभारम्भ गरेका हुन् ।
कार्यविधिमा पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री, मन्त्री, सल्लाहकार र राजकीय पदमा नियुक्त व्यक्तिले पार्टी कार्यकर्ताको काम, गुनासो र समस्याका सम्बन्धमा भेटघाट गर्ने तालिका समय निर्धारण गरिएको छ । पार्टी कार्यालयमा हरेक दिनको अपरारन्ह ४ बजे भेटघाटको समय निर्धारण गरिएको छ ।
यसैगरी संसदीय दलको कार्यालयमा सार्वजनिक विदा बाहेक अपरान्ह ४ बजे भेटघातको समय निर्धारण गरिएको छ । पार्टी कार्यालय र संसदीय कार्यालयमा भेट गर्न चाहनेले अग्रिम नाम टिपाउनु पर्नेछ ।
पार्टीका कार्यालयका भेट गर्न मुख्य कार्यलय सचिव र संसदीय दलमा प्रमुख सचेतकमार्फत भेटघातको समय निर्धारण गरिएको छ । तालिका अनुसार कुनै मन्त्रीले नभ्याएको अवस्थामा अर्को कुनै मन्त्री पठाइने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल शितलकुमाले बताए ।
मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यमा व्यवधान नहोस् भन्ने उद्देश्यले माओवादी केन्द्रले कार्यकर्तासँगको भेटघाटलाई पार्टी कार्यालय र संसदीय दलको कार्यालयमा समय निर्धाराण गरेको हो । कार्यालय समय बाहेकको समयमा भेटघाटको व्यवस्था मिलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले गएको सोमबार प्रमाणित गरेको कार्यविधि आजदेखि कार्यान्वयनमा आएको छ । कार्याविधिले प्रधानमन्त्री, मन्त्री, सल्लाहकार लगायतलाई समयमा कार्य सम्पन्न गर्ने र परिणामुखी बनाउने उद्देश्यले कार्यविधि लागू गरिएको प्रमुख साजनीतिक सल्लाहकार गजुरेलले बताए ।