Logo

माओवादीले मन्त्री परिवर्तन गर्न प्रधानमन्त्रीलाई प्रस्ताव गरेको छैन: गुरुङ



काठमाडौँ, ६ असार । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्रीहरू परिवर्तन गर्ने प्रस्ताव नगरेको बताएका छन् ।

सोमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले पार्टीको तर्फबाट मन्त्रीहरू परिवर्तन गर्न प्रधानमन्त्रीलाई कुनै प्रस्ताव नगरिएको प्रष्ट पारेका हुन् ।

उनले मन्त्रिपरिषद्को पुनर्गठन प्रधानमन्त्री र दलका नेताहरूको अनुभूतिको आधारमा हुने उल्लेख गर्दै पुनर्गठन हुनै सक्दैन भने भन्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्