काठमाडौं, ३० जेठ । राष्ट्रिय प्रजातन्त पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा अवरुद्ध प्रतिनिधिसभा सञ्चालनका विषयमा प्रमुख प्रतिपक्षी दलले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग गरेको सम्झौतालाई आत्मसमर्पण गरेको टिप्पणी गर्नुभएको छ। उहाले माओवादीले वीरतापूर्वक आत्मसमर्पण गरेको टिप्पणी गर्नुभएको हो।
१८ दिनदेखिको नाटक देखिरहेका छौँ। प्रमुख प्रतिपक्षी दलका नेताले वीरतापूरवक आत्मसमर्प र वीर्तापूर्वक पछि हटेको सुन्न पाइयो,ु उहाले भन्नुभयो, हुने नै यही थियो। उहाँले भन्नुभयो गणतन्त्रको रक्षाका लागि तर होइन लुटतन्त्रको रक्षाका लागि यो समझदारी भएको हो भन्ने कुरा आम जनताले बुझिरहेका छन्।ु
लिङ्देनअघि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सम्बोधन गर्नुभएको थियो। आज सत्तारुढ दल र माओवादीले दुई बुँदे सहमति गरेर सदन सञ्चालन भएको हो।