Logo

माओवादी अध्यक्ष प्रचण्डलाई अर्थमन्त्री पौडेलले किन भेटे?



काठमाडौं, २३ वैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।

प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पौडेल आज बिहान प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफल जारी रहेका बेला अर्थमन्त्री पौडेल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको हो।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रचण्डले सोमबारको बैठकमा आलोचना गर्नुभएको थियो।

सरकारले बजेट ल्याउने तयारी गरिरहेका बेला अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका नेतालाई भेट्नुभएको हो। उहाहरुबीच सरकारले ल्याउन लागेको बजेट र अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ। यसैक्रममा अर्थमन्त्री पौडेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्नुभएके थियो।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच हार्दिकता देखिएको छ। कतिपयले हाहरुको हार्दिकतालाई राजनीतिक गतिविधिसँग जोडेरसमेत हेरेका छन्। त्यसको भोलिपल्ट अर्थमन्त्री पौडेलले प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्