Logo

माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता



नयाँ दिल्ली, १ साउन । भारत भ्रमणमा रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसीहितका बारेमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

यस्तै, भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले अध्यक्ष रहेको ‘फाउण्डेन फर पब्लिक अवारनेस एण्ड पोलिसी’ ले आयोजना गरेको ‘भारत-नेपाल सम्बन्ध’ विषयक कार्यक्रमलाई अध्यक्ष दाहालले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्