Logo

माओवादी कार्यकर्ताद्वारा खुकुरी प्रहार, कांग्रेसका दुई जना घाइते



रोल्पा, २७ वैशाख । रोल्पाको गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट गएराति नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन् ।

गङ्गादेव गाउँपालिका-५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका छन् ।

कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका मनबहादुरलाई नेपालगञ्ज रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्