Logo

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि भारत जाँदै



काठमाडौँ, ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्

भारतीय जनता पार्टी भाजपाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जान लागेका उनको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उनी भोलि दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भारत भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्ने भनिए पनि त्यसबारे केही जानकारी सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्