जापान, २२ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज हिरोसिमामा पुगेका छन् ।
प्रचण्डसहितको टोली आज बिहानै हिरोसिमामा पुगेको उनको सचिवालयले जनाएको छ । उनले त्यहाँ हिरोशिमा संग्राहलयको अवलोकन गरेका थिए ।
प्रचण्ड आजै ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ भन्ने विषयमा केमाइदो यिकीमा हुने अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छ ।







