काठमाडौँ, १९ मंसिर । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
उनी सोमबार प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा निर्वाचन जितेकोमा बधाई आधानप्रदान भएको स्रोतको भनाइ छ ।
निर्वाचन परिणामसँगै सरकार गठनको गृहकार्य भइरहेका बेला नेताहरुको भेटलाई महत्वका साथ हेरिएको छ ।







