Logo

माओवादी केन्द्रका कार्की झापा १ बाट सिफारिस



झापा, २२ भदौ । ओखलढुंगाबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका नेकपा माओवादी केन्द्रका सचिव राम कार्की झापा क्षेत्र नं १ बाट पनि सिफारिस भएका छन् ।

उनलाई नेकपा माओवादी क्षेत्रीय कमिटीले झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरेको माओवादीका जिल्ला संयोजक राजु आचार्य (अग्नि)ले बताए ।

कार्की २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त्यस क्षेत्रबाट निर्वाचित भएका थिए । उनले काँग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्