बिर्तामोड, १४ जेष्ठ । नेकपा माओवादी केन्द्र बिर्तामोड नगर इञ्चार्ज युवराज दाहालले पदबाट राजीनामा दिएका छन् ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै दाहालले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।
‘हालै सम्पन्न निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्नु भएका कुनैपनि कमरेडहरुलाई निर्वाचित गर्न नसक्नु र पार्टी निर्वाचनमा शर्मानक पराजय भएको कुराको जिम्मेवारी लिँदै म नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीको इञ्चार्जको जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गर्दछु,’ राजीनामा पत्रमा दाहालले उल्लेख गरेका छन् ।
उनले निर्वाचनमा हुने विजय र पराजय पार्टी जीवनका निम्ति नियमित प्रक्रिया रहेको उल्लेख गर्दै विजय हुँदा श्रेय बाँड्ने र पराजय हुँदा जिम्मा लिने काम कसै न कसैले लिनुपर्ने बताएका छन् । दाहालले राजीनामापछि पनि पार्टी आन्दोलन, जनता र राष्ट्र हितका साथै सभ्य समाज निर्माणमा विचलित नभई लागिरहने प्रतिबद्धतासमेत जनाएका छन् ।