काठमाडौं, ९ मंसिर । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ ।
पार्किन्सन रोगबाट थलिएका उहनको उपचारका क्रममा शनिबार राजधानीको वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रका नेता सुनद किरातीले पुष्टि गर्नुभयो ।
भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय उहा हाल केन्द्रीय सदस्य हुनुन्थ्यो ।
राई तत्कालीन एकीकृत नेकपा माओवादी विभाजनपछि मोहन वैद्यतिर लमग्नुभएको थियो । वैद्यको पार्टी फुटेपछि उहाले नेत्रविक्रम चन्द ‘विप्लव’ को साथ दिनुभएको थियो ।
तर पछि उहा माओवादीमा फर्किनुभएको थियो । उहाको अन्तिम संस्कार कहाँ र कहिले गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको किरातीले बताउनुभयो ।
यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राईको निधनले दुखित बनाएको बताउनुभएको छ। ‘पारकिन्सन रोगबाट थलिनुभएका हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य एवं पूर्वमन्त्री पदम राईको निधनले दुखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रचण्डले फेसबुकमार्फत भन्नुभएको छ ।