काठमाडौँ, २८ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रको कुनै अस्तित्व नै नभएको टिप्पणी गरेका छन् ।
एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै महासचिव पोखरेल भने, ‘माओवादी केन्द्रले विगतमा भन्दा सिट संख्या बढाएको छ । तर, उसको जनमत घटेको छ । ७४ सालको निर्वाचनमा उसले १७ प्रतिशत मत प्राप्त गरेको थियो । आज त्यो जनमत १३ प्रतिशत छ ।
माओवादी अब वामपन्थी आन्दोलनको रूपमा नरहेको समेत उनले बताए । स्थानीय तहको निर्वाचनको परिणामले माओवादी अस्तित्व रक्षाको लागि कुनै शक्तिसँग टाँसिनुपर्ने बाध्यता खडा भएको प्रष्ट भएको बताए ।







