Logo

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौँ, १९ असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ ।

उक्त बैठक आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्नेगरी तय भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा चुनावी समीक्षा, पदाधिकारीको पूर्णता, आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने ढकालको भनाइ छ ।

गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्