Logo

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको समय सर्‍यो



काठमाडौँ, १७ साउन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको समय सारिएको छ ।

बैठक आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्ने गरी तय भएको थियो । बैठक दुई घण्टा सारिएको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष एंव प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै केन्द्रीय कमिटी बैठक दिउँसो १ बजेबाट सुरु हुने जानकारी दिए ।

उनका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा केन्द्रीय सदस्य सबैलाई बोल्न दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्