
काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ ।
बुधबार दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय समिति बैठक सुरू भएको हो ।
उक्त बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । बैठकमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिने तयारी छ ।





