Logo

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू



काठमाण्डाै, २१ पुस ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुरू भएको छ । काठमाण्डौको धुम्बाराहीमा शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

बैठकमा चार सय नौ जना पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच जना वैकल्पिक केन्द्रीय सदस्य, तीन वटा आयोगबाट ७५ जना तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० वटा प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्