Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक सकियो



काठमाडौँ, २१ असोज । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सकिएको छ ।

साँझ ६ बजे सुरु भएको बैठक भर्खरै सकिएको हो ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक तीन घण्टा ढिला सुरु भएको थियो ।

उक्त बैठकमा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारबारे छलफल भएको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार गठबन्धनमा भइरहेको छलफलबारे पनि प्रचण्डले ‘ब्रिफिङ’ गरेका थिए ।

मंसिर ४ गते हुने निर्वाचनका लागि असोज २३ गते प्रत्यक्षतर्फको उमेदवारी मनोनयन गर्नुपर्ने निर्वाचन कार्यतालिका छ । गठबन्धनमा सिट बाँडफाँटबारे अझै सहमति भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्