काठमाडौँ, ३ पुस । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ ।
बैठक आज दिउँसो २ बजे कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालय बस्न लागेको हो ।
महासचिव देव गुरुङले बैठकमा संसदीय दलको नेता चयन र सरकार गठनका विषयमा छलफल हुने जानकारी दिए ।
माओवादी केन्द्रमा संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने निश्चित छ। उसले प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई नै अघि सारेको छ ।
पाँचदलीय गठबन्धन कायम नै रहेको अवस्थामा सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका वेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।







