काठमाडौँ, १७ माघ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दै छ ।
बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्नेछ ।
सोमबारदेखि सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै राष्ट्रपति निर्वाचनका बारेमा पनि छलफल हुने बताइएको छ ।







